मंगलवार, कार्तिक १० गते २०८३    

मंगलवार, कार्तिक १० गते २०८३    

दूषित पानी सेवनका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी व्यक्ति बिरामी

दूषित पानी सेवनका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी व्यक्ति बिरामी

images
२०८३ कार्तिक ५ गते, बिहिवार
२०८३ कार्तिक ५ गते, बिहिवार
  • काठमाडौँ। दक्षिण अफ्रिकामा दूषित पानी सेवनका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन्।

    images

    दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका हुन्। प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन्। त्यहाँका अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न स्थानीयलाई आग्रह गरेका छन्।

    images

    राजधानी प्रिटोरियाको पूर्वी क्षेत्रमा ४०८ जना बिरामी परेपछि धाराको पानी प्रयोग नगर्न चेतावनी जारी गरिएको थियो। पानी प्रशोधन केन्द्रमा करिब तीन सातासम्म क्लोरिन प्रयोग नगरिँदा पानी असुरक्षित बनेकोबताइन्छ।नियमित आपूर्तिकर्ताबाट क्लोरिन प्राप्त नभएको नगरपालिकाको भनाइ छ।

    ब्रोन्खोस्रटस्प्रुट नदीको माथिल्लो क्षेत्रमा फोहोर पानी प्रशोधन प्रभावकारी नहुँदा नदी दूषित भएको पनि अधिकारीहरूले बताएका छन्। पानीको गुणस्तरबारे समयमै जानकारी नदिइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    उक्त घटनापछि विभिन्न राजनीतिक दलले मेयर नासिफी मोयाको राजीनामा र जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेका छन्।

    यसैबीच, पूर्वी केप प्रान्तको ग्केबेरास्थित रोड्स विश्वविद्यालयका कम्तीमा १११ विद्यार्थी पनि पेट दुख्ने र पखाला लाग्नेजस्ता समस्याबाट बिरामी परेका छन्। विश्वविद्यालयले पानीको खराब गुणस्तरका कारण प्रकोप फैलिएको हुन सक्ने आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ। गम्भीर बिरामी विद्यार्थी उपचारपछि क्याम्पस फर्किएका छन्।

    विश्वविद्यालयले विद्यार्थी तथा कर्मचारीलाई पानी उमालेर चिस्याएपछि वा बोतलको पानी मात्र पिउन, खाना पकाउन र दाँत माझ्न सुरक्षित पानी प्रयोग गर्न तथा साबुनपानीले नियमित हात धुन आग्रह गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend