सोमवार, आश्विन २६ गते २०८३    

सोमवार, आश्विन २६ गते २०८३    

बाढी–पहिरो पीडितका लागि लायन्स क्लब अफ काठमाडौंको सहयोग

बाढी–पहिरो पीडितका लागि लायन्स क्लब अफ काठमाडौंको सहयोग

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौं। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित परिवारहरूको सहयोग तथा दीर्घकालीन पुनर्निर्माणका लागि लायन्स क्लब अफ काठमाडौंले संकलित आठलाख बढी रकम सहयोग गरेको छ।

    images

    लायन्स क्लब अफ काठमाडौँद्वन्द्वात्मक  ८  लाख ५५५ कुल रकम लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ डी का डिष्ट्रिक गर्भनर लायन योगराज कँडेल शर्मालाई हस्तान्तरण गरिएको हो।

    images

    कँडेलकै परिकल्पना अनुसार बाढी–पहिरो प्रभावित क्षेत्रमा निर्माण गरिने स्थायी परियोजनालाई सहयोग गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो। 

    ऊक्त रकमबाट परियोजनाअन्तर्गत विद्यालय वा स्वास्थ्य चौकीजस्ता दीर्घकालीन संरचना निर्माण गर्ने योजना रहेको छ।

    कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंका प्रेसिडेन्ट लायन मनिष खेम्का, भाइस प्रेसिडेन्ट एवम क्लबको सर्भिस एन्ड रिलिफ फन्ट कोअर्डिनेटर लायन अपार खड्काले सहयोग गर्ने सबै दाताहरुको नाम प्रस्तुत गरेकी थिइन्।

    त्यस्तै लायन एमडी अग्रवालले सहयोग गर्नेहरुलाई धन्यवाद दिंदै परियोजनाको प्रशंसा गरेका थिए।

    सो कार्यक्रम लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ डी का जीएसटी कोअर्डिनेटर तथा डिजास्टर रिलिफ प्रोग्राम कोअर्डिनेटर लायन राजेन्द्र दुलालले संचालन गरेका थिए ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend