सोमवार, आश्विन २६ गते २०८३    

सोमवार, आश्विन २६ गते २०८३    

कांग्रेस सहमहामन्त्री खुलामा २४ सय ९१ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा

कांग्रेस सहमहामन्त्री खुलामा २४ सय ९१ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा

images
२०८३ आश्विन २६ गते, सोमवार
२०८३ आश्विन २६ गते, सोमवार
  • काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । 

    images

    खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो । 

    images

    दुई हजार ४९१ मत गणना गर्दा खतिवडाले एक हजार १२५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ८०६ मत ल्याएका छन् । 

    तेस्रो स्थानका डिल्लीराम सुवेदीले ६१० मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कडेलले ५२४ मत ल्याएका छन् ।

    पाँचौँ स्थानका विकास कोइरालाले ४१५ मत पाएका छन् । छैटौँ स्थानका राजीव ढुंगानाले ३७४ मत पाएका छन् । 

    सातौँ स्थानका रमेशप्रसाद धमलाले २९३ मत पाएका छन् । आठौँ स्थानका अमृतकुमार अर्यालले २७२ मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले ९९ मत पाएका छन् । 

    महिला सहमहामन्त्रीतर्फ दुई हजार ४९० मत गणना हुँदा प्रतिमा गौतमले एक हजार ६७८ तथा नानू बास्तोलाले ४७९ मत पाएकी छिन् ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend