सोमवार, आश्विन २६ गते २०८३    

सोमवार, आश्विन २६ गते २०८३    

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ३५ शैयाको सघन उपचार कक्ष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ३५ शैयाको सघन उपचार कक्ष

images
२०८३ आश्विन २६ गते, सोमवार
२०८३ आश्विन २६ गते, सोमवार
  • पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा थपिएका २५ शैयाको सघन उपचार कक्ष (आईसीयू तथा सीसीयू) सहित कुल ३५ शैयाको सघन उपचार कक्ष संचालनमा आएको हो।

    images

    घटस्थापनाको अवसर पारेर आइतबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. नारायण सिंह गुरुङ, डीन सहप्राध्यापक डा. डेविड श्रेष्ठ र निर्देशक सहप्राध्यापक डा. झपिन्द्र पोखरेलसहितको उपस्थितिमा सघन उपचार कक्षको शुभारम्भ गरिएको हो।

    images

    नयाँ सघन उपचार कक्षमा १६ शैयाको आईसीयू, एक शैयाको आइसोलेसन आईसीयू र आठ शैयाको कोरोनरी केयर युनिट (सीसीयू) रहेका छन्।

    यसअघि अस्पतालमा १० शैयाको आईसीयू सञ्चालनमा रहेको थियो। नयाँ २५ शैयाको सघन उपचार कक्ष सञ्चालनमा आएसँगै अस्पतालमा सघन उपचार सेवाका लागि उपलब्ध शैयाको कुल संख्या ३५ पुगेको छ।

    सेवा विस्तारसँगै सघन उपचार आवश्यक पर्ने बिरामीलाई शैया अभावका कारण अन्य अस्पतालमा प्रेषण गर्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य हुने प्रतिष्ठानले विश्वास लिएको छ।

    नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएसँगै गण्डकी प्रदेशसहित आसपासका क्षेत्रबाट आउने गम्भीर अवस्थाका बिरामीलाई उपचार सेवा उपलब्ध गराउन थप सहज हुने अपेक्षा गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend