सोमवार, आश्विन २६ गते २०८३    

सोमवार, आश्विन २६ गते २०८३    

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाई पर्यो १० लाखको बम्पर उपहार

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाई पर्यो १० लाखको बम्पर उपहार

images
२०८३ भाद्र ३ गते, बुधवार
२०८३ भाद्र ३ गते, बुधवार
  • काठमाडौं। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन्।

    images

    आन्तरिक राजश्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो।

    images

    साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक एक जना र सबै सहभागी मध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरि १७ जना उपभोक्ता छनोट गरिएको थियो। त्यसै मध्येको बम्पर उपहार पुडासैनीलाई परेको हो।

    उनले मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँकाे कारोबार बम्पर उपहारमा छानिएकाे हो।

    उनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छन्। अर्थ मन्त्रालयका प्रतिनिधिसँग कुरा गर्दै उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको बताए।

    `मेरो घर बाराको सिमरा हो, नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छु। "मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एण्ड मोबाइल सर्भिसमा पुगेको थिएँ," उनले भने, "त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ। एकदमै खुसी लाग्यो। सबैतिरबाट बधाई आइरहेको रहेको छ। सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ।"

    उनले सबै जनालाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न, बिल लिन र दिन पनि आग्रह गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend