मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

उद्योगपति विनोद चौधरीले दिए समावेशी समूहबाट कांग्रेस उपसभापतिमा उम्मेदवारी

उद्योगपति विनोद चौधरीले दिए समावेशी समूहबाट कांग्रेस उपसभापतिमा उम्मेदवारी

images
२०८३ आश्विन २० गते, मंगलवार
२०८३ आश्विन २० गते, मंगलवार
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्योगी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।

    images

    चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

    images

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।

    नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend