काठमाडौं। नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) र नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडबिच स्वास्थ्य सेवा प्रवाहमा सहकार्य गर्न सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार अब एनवाईईएफका कर्मचारी तथा सदस्यहरुले नर्भिकबाट विशेष सहुलियतमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
नर्भिकको एम्बुलेन्स, आइपिडी, ओपिडी, आकस्मिक तथा आपतकालीन सेवा र ट्रमा लगायत आवश्यक स्वास्थ्य सेवा विशेष छुट प्रदान गर्ने सहमति भएको छ।
नर्भिकबाट स्वास्थ्य सेवा तथा सुविधा प्राप्त गर्न एनवाईईएफका कर्मचारी तथा सदस्यहरुसँग संस्थाको आधिकारी परिचयपत्र साथमा हुनुपर्ने छ।
सम्झौता अनुसार नर्भिकबाट एनवाईईएफ र उनीहरुका परिवारका सदस्यहरु बुबा, आमा, पति–पत्नि र २ जना बालबालिकाले अस्पतालको बेड चार्ज, प्याथोलोजी र रेडियोलोजी सेवा तथा नर्भिकको कस्टुमाइज हेल्थ प्याकेजमा १० प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।



