मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

टेक्नोको दशैँ तिहार अफर, स्मार्टफोन किन्दा `सुनको चंगा´

टेक्नोको दशैँ तिहार अफर, स्मार्टफोन किन्दा `सुनको चंगा´

images
२०८३ आश्विन १९ गते, सोमवार
२०८३ आश्विन १९ गते, सोमवार
  • काठमाडौँ। स्मार्टफोन ब्रान्ड टेक्नोले नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ।

    images

    कम्पनीका अनुसार अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने योजनामा टेक्नोका जुनसुकै मोडेलका स्मार्टफोन खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन्। योजनाअन्तर्गत ग्राहकले सुन तथा चाँदीका चंगा र सिक्का जित्ने अवसर पाउनेछन्।

    images

    अफरमा सहभागी हुन ग्राहकले नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। त्यसपछि खुल्ने वेबसाइटमा नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको स्मार्टफोनको आईएमईआई नम्बर प्रविष्ट गरी विवरण पठाउनुपर्ने कम्पनीले जनाएको छ।

    विवरण दर्ता गरेपछि ग्राहकले डिजिटल स्क्र्याच कुपन प्राप्त गर्नेछन्। उक्त कुपनमा भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन्।

    तत्काल उपहार नपर्ने ग्राहकसमेत योजनाबाट बाहिरिने छैनन्। तत्काल उपहार पाउने र नपाउने सबै सहभागी स्वतः बम्पर लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ।

    क्याम्पेनको अन्त्यमा हुने लक्की ड्रबाट एक जना विजेताले ५ लाख रुपैयाँ मूल्य बराबरको ‘सुनको चंगा’ प्राप्त गर्नेछन्।

    टेक्नो नेपाल तथा भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तालापात्राले चाडपर्वको अवसरमा नेपाली ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउन र उनीहरूले देखाएको माया तथा विश्वासप्रति आभार व्यक्त गर्न योजना ल्याइएको जानकारी दिए।

    कम्पनीले मजबुत बनावट, नेटवर्क क्षमता, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा आफ्ना स्मार्टफोनमा उपलब्ध १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण नेपाली बजारमा टेक्नोको उपस्थिति विस्तार हुँदै गएको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend