काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सदस्यमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त हुनुभएको छ।
नवनियुक्त तीनै जना सदस्यले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहणसँगै उनीहरूले स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, सेवा प्रवाहमा सुधार गर्ने तथा आम नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विषयमा बोर्डको भूमिका महत्त्वपूर्ण रहनेछ।



