काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा उत्रिएका छन्। उद्घाटन खेल भर्खरै सुरुभएको छ।
पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ गर्दैछ। गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा मैदानमा आएको छ। लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको तेस्रो संस्करणको एनपीएल आगामी ५ मंसिरसम्म चल्नेछ।
यश संस्करणमा आठ फ्रेन्चाइज टोलीको सहभागिता छ। एनपीएलको च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछन।
यस्तै उपविजेताले ८० लाख, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछन भने सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ।



