मंगलवार, कार्तिक १० गते २०८३    

मंगलवार, कार्तिक १० गते २०८३    

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

images
२०८३ कार्तिक ९ गते, सोमवार
२०८३ कार्तिक ९ गते, सोमवार
  • गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ।

    images

    सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोरअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको 
    थियो।

    images

    जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार स्कार्पियो दुर्घटनामा परेर अन्य ३ जना गम्भीर घाइते भएका छन्।

    घाइतेहरूलाई तत्कालै उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जातर्फ पठाइएको थियो। 

    दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।

    घाइते छविलाल पाण्डेलाई कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

    यस्तै गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई थप उपचारका लागि मिर्मीबाट मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। उनीहरू दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।

    दुर्घटनामा निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको थियो।

    त्यस्तै, स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि दुर्घटनामा मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend