मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाली बजारमा बिहीबार लन्च हुँदै आईफोन १८ प्रो सिरिज : मूल्य कति, कहाँ पाइन्छ?

नेपाली बजारमा बिहीबार लन्च हुँदै आईफोन १८ प्रो सिरिज : मूल्य कति, कहाँ पाइन्छ?

images
२०८३ आश्विन १४ गते, बुधवार
२०८३ आश्विन १४ गते, बुधवार
  • काठमाडौं। एप्पलको नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘आईफोन १८ प्रो’ र ‘आईफोन १८ प्रो म्याक्स’ नेपाली बजारमा बिहीबार लन्च हुँदैछ। 

    images

    एप्पलको नेपालका लागि आधिकारिक वितरक `जेनेरेसन नेक्स्ट´ले यी दुवै मोडल नेपालमा बिहीबार सार्वजनिक गर्न लागेको हो।

    images

    विश्व बजारमा भने एप्पलले आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सलाई गत ९ सेप्टेम्बरमा सार्वजनिक गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा भने यी मोडलको बिक्री १८ सेप्टेम्बरदेखि सुरु भइसकेको छ।

    जेनेरेसन नेक्स्टकी कार्यकारी निर्देशक निकिता भिमसरियाले नेपालमा असोज १५ गते अर्थात् १ अक्टोबरदेखि आइफोन १८ सिरिजको बिक्री सुरु हुने जानकारी दिइन्।

    उनका अनुसार नेपाली ग्राहकलाई लक्षित गर्दै कम्पनीले लक्की ड्रमार्फत २५ लाख रुपैयाँ नगद जित्ने अवसरसमेत उपलब्ध गराउने भएको छ। त्यस्तै, १८ जना विजेतालाई एप्पल वाच उपहार दिने योजना रहेको उनले बताइन्।

    नेपालस्थित एप्पलका आधिकारिक रिसेलर ईभो स्टोर र ओलिज स्टोरले आफ्ना वेबसाइटमार्फत आईफोन १८ प्रो सिरिजका विभिन्न भेरियन्टको मूल्य सार्वजनिक गरेका छन्। सार्वजनिक मूल्यमा सरकारी कर तथा अन्य दस्तुरसमेत समावेश गरिएको जनाइएको छ।

    आइफोन १८ प्रो का सिरिजहरु काठमाडौंमा न्‍युरोडमा जोय स्टोर, इभो स्टोर र बबरमहलमा रहेको ओलिज स्टोरबाट किन्न सकिनेछ भने उपत्यका बाहिर हेटौंडाको स्कुल रोडमा रहेको सिलिकन नेपाल प्रालि, आइ कन्सर्न सप्लायर्स, बाराको सिमरा एयरपोर्ट रोडमा रहेको सुरक्ष इन्टरप्राइजेज, पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन १८ प्रो का सिरिजहरू किन्न सकिनेछन्।

    यस्तै बुटबलको गौरा र एभरेष्ट जेनेरेशन, बिर्तामोडमा रहेको क्वालिटी कम्प्युटर लगायतबाट आइफोनका १८ प्रो सिरिजहरू किन्न सकिने जेनेरेशन नेक्स्टले जनाएको छ। 

    कति पर्छ मूल्य?

    नेपालमा आईफोन १८ प्रोको २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ। त्यस्तै ५१२ जीबी भेरियन्टको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ, १ टेराबाइटको ३ लाख ८६ हजार ९०० रुपैयाँ र २ टेराबाइट स्टोरेज भएको मोडलको मूल्य ५ लाख १३ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

    त्यसैगरी आईफोन १८ प्रो म्याक्सको २५६ जीबी भेरियन्टको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ। ५१२ जीबी मोडलको ३ लाख २२ हजार ९०० रुपैयाँ, १ टेराबाइट मोडलको ४ लाख ७ हजार ९०० रुपैयाँ र २ टेराबाइट स्टोरेज भएको सबैभन्दा महँगो भेरियन्टको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ।

    यससँगै नेपाली बजारमा आईफोन १८ प्रो म्याक्सको २ टेराबाइट भेरियन्ट अहिलेसम्मकै महँगो आईफोनमध्ये एक बनेको छ।

    २ नानोमिटर प्रविधिको ए२० प्रो चिप

    आईफोन १८ प्रो सिरिजमा एप्पलले नयाँ ए२० प्रो चिप प्रयोग गरेको छ। एप्पलका अनुसार यो २ नानोमिटर प्रविधिमा आधारित चिप हो। यसमा ६-कोर सीपीयू, ७-कोर जीपीयू र डुअल १६-कोर न्युरल इन्जिन रहेको छ। नयाँ चिपले अन-डिभाइस आर्टिफिसियल इन्टेलिजेन्स, गेमिङ, ग्राफिक्स तथा अन्य जटिल कार्यमा सुधार ल्याउने कम्पनीको दाबी छ।

    ए२० प्रोमा अघिल्लो पुस्ताको तुलनामा मेमोरी ब्यान्डविथमा ५० प्रतिशत वृद्धि गरिएको एप्पलले जनाएको छ। त्यस्तै, जीपीयू कार्यसम्पादनमा पनि उल्लेखनीय सुधार गरिएको छ। नयाँ भेपर चेम्बर कुलिङ प्रणालीका कारण लामो समयसम्म उच्च कार्यसम्पादन आवश्यक पर्ने काम गर्दा ताप व्यवस्थापनमा पनि सुधार हुने कम्पनीको भनाइ छ।

    क्यामेरा ४८ मेगापिक्सेल

    आईफोन १८ प्रो सिरिजको प्रमुख आकर्षणमध्ये यसको क्यामेरा प्रणाली हो। दुवै मोडलमा ४८ मेगापिक्सेलको फ्युजन क्यामेरा प्रणाली दिइएको छ।

    मुख्य क्यामेरामा पहिलोपटक भेरिएबल एपर्चर सुविधा ल्याइएको छ। यसले प्रकाशको अवस्था र आवश्यकताअनुसार एपर्चर परिवर्तन गर्न तथा डेप्थ अफ फिल्ड नियन्त्रण गर्न सहयोग गर्छ। मुख्य क्यामेरामा एफ/१.४८, एफ/१.८, एफ/२.८ र एफ/४.० गरी चार एपर्चर सेटिङ उपलब्ध छन्।

    यससँगै ४८ मेगापिक्सेल फ्युजन अल्ट्रा वाइड र ४८ मेगापिक्सेल फ्युजन टेलिफोटो क्यामेरा पनि राखिएको छ। टेलिफोटो क्यामेराले ४x अप्टिकल जुम तथा ८x सम्मको अप्टिकल-क्वालिटी जुम उपलब्ध गराउने एप्पलले जनाएको छ।

    क्यामेरा एपमा एपर्चर, शटर स्पिड, ह्वाइट ब्यालेन्स तथा हिस्टोग्रामलगायतका प्रो कन्ट्रोल पनि उपलब्ध छन्। यसले विशेषगरी फोटो तथा भिडियो निर्माण गर्ने प्रयोगकर्तालाई क्यामेरामाथि थप नियन्त्रण दिनेछ।

    ६.३ र ६.९ इन्चको डिस्प्ले

    आईफोन १८ प्रोमा ६.३ इन्च र आईफोन १८ प्रो म्याक्समा ६.९ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले दिइएको छ। दुवै मोडलमा १२० हर्जसम्मको प्रोमोशन प्रविधि र अलवेज-अन डिस्प्ले उपलब्ध छ।

    एप्पलले नयाँ पुस्तामा डायनामिक आइल्यान्डको डिजाइनमा समेत सुधार गरेको जनाएको छ। नयाँ डायनामिक आइल्यान्डले एकैपटक तीनवटासम्म लाइभ एक्टिभिटी देखाउन सक्ने कम्पनीको भनाइ छ।

    ब्याट्रीमा पनि सुधार

    आईफोन १८ प्रो सिरिजमा ब्याट्री क्षमतामा पनि सुधार गरिएको छ। एप्पलका अनुसार आईफोन १८ प्रो म्याक्सले प्रो मोडलमध्ये अहिलेसम्मकै सबैभन्दा लामो ब्याट्री ब्याकअप प्रदान गर्छ। कम्पनीले नयाँ सिलिकन प्रविधि र ठूलो ब्याट्रीका कारण ब्याट्री प्रदर्शनमा उल्लेखनीय सुधार भएको जनाएको छ 

    नेपालमा उपलब्ध हुने मोडलका विवरणअनुसार प्रो मोडलले भिडियो प्लेब्याकमा ३६ घण्टासम्म र प्रो म्याक्सले ४५ घण्टासम्म ब्याकअप दिने दाबी गरिएको छ।

    चार रंगमा उपलब्ध

    आईफोन १८ प्रो र प्रो म्याक्स चार रंगमा उपलब्ध हुनेछन्। ब्ल्याक, सिल्भर, ग्लेसियर र नयाँ बर्गन्डी कलर विकल्प एप्पलले सार्वजनिक गरेको छ।

    फोनहरू आईओएस २७ मा सञ्चालन हुनेछन्। यसमा एप्पल इन्टेलिजेन्स तथा नयाँ सिरि एआई सुविधासहितका विभिन्न सफ्टवेयर फिचर उपलब्ध छन्।

    नेपाली बजारमा फोल्डेबल आईफोन पनि आउने

    यसैबीच एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनका रूपमा ‘आईफोन डुओ’ पनि सार्वजनिक गरिसकेको छ। रिपोर्टहरूका अनुसार यसमा ५.४ इन्चको बाहिरी डिस्प्ले र फोन खोलेपछि ७.६ इन्चको ठूलो भित्री डिस्प्ले उपलब्ध हुन्छ। यसमा ए२० प्रो चिप तथा दुईवटा ४८ मेगापिक्सेल क्यामेरा रहेको विवरण सार्वजनिक भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend