सोमवार, कार्तिक ९ गते २०८३    

सोमवार, कार्तिक ९ गते २०८३    

डा.गोबिन्द केसीद्वारा सरकारलाई पुन: अल्टिमेटम, माग पूरा नभए सत्याग्रह

डा.गोबिन्द केसीद्वारा सरकारलाई पुन: अल्टिमेटम, माग पूरा नभए सत्याग्रह

images
२०८३ कार्तिक ९ गते, सोमवार
२०८३ कार्तिक ९ गते, सोमवार
  • काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियनता डा. गोविन्द केसीले आफुले राखेका माग पूरा गर्न सरकारलाई थप दुई दिनको समय दिएका छन्।

    images

    सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि सरकारलाई दिइएको अल्टिमेटमको अवधि दुई दिन थपिएको बताए।

    images

    यसअघि डा. केसीले २०८३ कार्तिक २ गते सरकारलाई सात दिने अल्टिमेटम दिएका थिए।

    चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, जबाफदेहिता, सुशासन तथा सामाजिक न्यायका पक्षमा उठाइएका मागहरूमाथि सरकारको बेवास्ता र प्रहारविरुद्ध सत्याग्रहसहितको आन्दोलनका लागि उनले सरकारलाई अल्टिमेटम दिएको बताएका छन्।

    सात दिने अल्टिमेटमको अवधिमा दसैँको बिदा परेकाले सरकारलाई मागहरू सम्बोधन गर्न थप दुई दिनको समय दिइएको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

    `उक्त अवधिभित्र मागहरू पूरा नभए सत्याग्रह सहितका आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने जानकारी गराउँदछु। त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयम्‌ले लिनुपर्नेछ।´ प्रेस विज्ञप्तिमा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend