सोमवार, कार्तिक ९ गते २०८३    

सोमवार, कार्तिक ९ गते २०८३    

६ महिनाको अवधिमा १६ सय २२ सर्पदंशका घटना, ११० जनाले गुमाए ज्यान

६ महिनाको अवधिमा १६ सय २२ सर्पदंशका घटना, ११० जनाले गुमाए ज्यान

images
२०८३ कार्तिक ६ गते, शुक्रवार
२०८३ कार्तिक ६ गते, शुक्रवार
  • काठमाडौँ। नेपालमा पछिल्लो ६ महिनाको अवधिमा १६ सय २२ सर्पदंशका घटना हुँदा ११० जनाले ज्यान गुमाएका छन्।

    images

    पछिल्लो करिब ६ महिनामा नेपालमा भोटेकोसी बाढीपछि सबैभन्दा बढीको मृत्यु सर्पदंशका कारण भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले जनाएको छ। प्राधिकरणले सर्पदंशका घटनालाई ‘विपद्का घटना’ मान्दै आएको छ।

    images

    २०८३ वैशाख १ देखि कार्तिक ३ गतेसम्मको करिब ६ महिनाको अवधिमा १६ सय २२ सर्पदंशका घटनामा ११० जनाले ज्यान गुमाएका हुन्।

    यस्तै यो वर्ष सर्पको टोकाइबाट १५ सय २५ जना घाइते भएका छन् भने १६ सय २७ परिवार प्रभावित बनेका छन्।

    २०८२ सालमा सर्पको टोकाइबाट १०१ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ। उक्त तथ्यांकअनुसार यो वर्ष ६ महिनाको अवधिमा नै अघिल्लो एक वर्षमा ज्यान गुमाएकाहरुको संख्या भन्दा बढीको ज्यान गएको हो।

    “पछिल्लो एक वर्षमा नेपाली सेनाले सञ्चालन गरेका सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेपछि उपचारका लागि नौ हजार ६२६ जना आएको देखिन्छ,” नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend