सुर्खेत। जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो।
पहाडी तथा हिमाली दुर्गम जिल्लामा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत जटिल प्रसूति समस्या देखिएका महिलाहरूको हवाई उद्धार हुँदै आएको छ।



