काठमाडौं। नेपाली कांग्रेसले देशभरका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि अहिले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेको छ। कैयौं स्थानमा नेताका एकल नाम सिफारिसमा परेका छन् भने कैयौं स्थानमा सिफारिसमा पर्नेहरूको सूची लामो छ।
यस्तै मध्येको एक जिल्ला चितवनमा प्रतिनिधि सभा निर्वाचनका लागि तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरिएको छ।
चितवनमा हालका जिल्ला सभापति राजेश्वर खनाल देखि नेपाल विद्यार्थीसंघमा केन्द्रीय उपाध्यक्ष भइसकेका राम प्रसाद अधिकारीसम्मका नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ। यस्तै नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठको नाम समानुपातिक तर्फ सिफारिस भएको छ।
चितवन क्षेत्र नं.१, २ र ३ बाट प्राप्त सिफारिसलाई अनुमोदन गर्दै रायसहित केन्द्रीय समितिलाई उम्मेदवारको सूची सिफारिस गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।
कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ १२ जना र समानुपातिक तर्फ ६ जना गरि १८ जनाको नाम सिफारिस गरेको छ।
प्रतिनिधिसभातर्फ राजेन्द्र प्रसाद बुर्लाकोटी, इन्द्र कमल बुढाथोकी, उत्तम आचार्य, कुमार कार्की, बासुदेव ढुंगाना, कृष्ण प्रसाद सुवेदी, सुवास चन्द्र बराल, भरत प्रसाद खनाल, गोविन्द गौतम, दिवाकर अर्याल, ऋषिश्वर थपलिया, गीता देवकोटा (महिला तर्फ) सिफारित भएका छन्। यस्तै समानुपातिकतर्फ शुशिला उप्रेती, शेर बहादुर परियार, गोपाल गिरी, बुद्धिसेन चौधरी, शोभा अर्याल, लिला भक्त उप्रेती छन्।
राष्ट्रिय सभातर्फ पनि कांग्रेस चितवनले उम्मेदवार सिफारिस गरेको छ। निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभा सदस्यतर्फ मानबहादुर थापा र भिमप्रसाद थपलिया सिफारिसमा परेका हुन्।
यसैगरी क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० जना सिफारिसमा परेका छन्। यस्तै समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस भएको छ। यो क्षेत्रबाट यसपटक कांग्रेसले उमेश श्रेष्ठलाई समानुपातिकमा उम्मेदवार बनाएको छ। उनी यसअघि सोही क्षेत्रबाट प्रत्यक्ष तर्फ उम्मेदवार थिए।
प्रत्यक्षतर्फ यो क्षेत्रबाट कांग्रेस चितवनका सभापति राजेश्वर खनालको नाम सिफारिस भएको छ। त्यस्तै देवेन्द्र गुरुङ, राजन कार्की, जितनारायण श्रेष्ठ, विपेन्द्र रामुदामु (विपिन), गीताकुमारी गुरूङ, कैलाश कोइराला, भूपतिदास सापकोटा, मिनाकुमारी खरेल, विनोद ढकालको नाम सिफारिसमा परेको छ।
यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ उमेश श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, डिलबहादुर नेपाली, देवकी गौतम, पार्वती शाह ठकुरी, इन्द्रमाया लामा, मिलनबाबु श्रेष्ठ, एलिजा अधिकारी, सुमित्रा अधिकारी, राजकुमार गुरूड, कमलप्रसाद आचार्य, डोलराज रेग्मी, महेश बानियाँ, सूर्यप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ।
राष्ट्रिय सभा तर्फ केशवराज कंडेल, शान्ति परियार, लक्ष्मी लामिछाने, ऋषिराज पाण्डेको नाम सिफारिस भएको छ।
यस्तै चितवन क्षेत्र नम्बर ३ प्रत्यक्ष तर्फ १३ सहित ३० जनाको नाम सिफारिस भएको छ। प्रतिनिधि सभाको प्रक्ष्यक्ष तर्फ केन्द्रीय सदस्य दिनेश कोइराला, अन्जनी श्रेष्ठ, लाल बहादुर दवाड़ी, विजयराज शर्मा भुषाल, साजन कुमार महतो, बेल बहादुर गुरुङ, कैलास कोइराला, भरत गुरुङ, पूर्ण बहादुर गुरुड़, राम प्रसाद अधिकारी, सूर्य ढकाल, तारा नाथ पौडेल र भरत प्रसाद सापकोटाको नाम सिफारिसमा परेको हो।
समानुपातिक तर्फ कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, सविता बराल, विष्णुमाया परियार, तारा गुरुड, कमला रानाभाट, रेशम दराई, कृष्ण बहादुर भुजेल, उमेशचन्द्र पौडेल, लक्ष्मीकान्त दवाड़ी, हरिचन्द्र महतो, दल बहादुर गुरुङ, अन्जना लामिछाने भण्डारी, बिर बहादुर लोहनी (विश्वकर्मा, राज कुमार तामाड़, दिपक लामा, मिनबहादुर विश्वकर्मा र अनिता गैरे घिमिरेको नाम सिफारिस भएको हो।
यसैगरी राष्ट्रिय सभा सदस्य तर्फ केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, चन्द्रध्वज गुरुङ, रामकृष्ण घिमिरे, तोपमानसिं गुरुङ, कृष्ण बहादुर घले, कर्ण बहादुर गुरुङ र शिवनारायण गुरौंको नाम सिफारिस भएको कांग्रेस चितवनले जनाएको छ।



