शुक्रवार, आश्विन ३० गते २०८३    

शुक्रवार, आश्विन ३० गते २०८३    

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

images
२०८३ आश्विन ३० गते, शुक्रवार
२०८३ आश्विन ३० गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।

    images

    आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्।

    images

    सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाएका छन्।

    खस आर्यतर्फको सहमहामन्त्री पदमा चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मतसहित पहिलो स्थान हासिल गर्दा केसी २ हजार १९९ मतसहित दोस्रो स्थानमा रहे।

    यसैगरी कोइरालाले १ हजार २४६ मत र बस्नेतले ५३५ मत प्राप्त गरेका छन्। आचार्य र केसीबीचको मतान्तर ४४९ रहेको छ।

    कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य खस आर्यतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend