शनिवार, कार्तिक १ गते २०८३    

शनिवार, कार्तिक १ गते २०८३    

गगन थापाले लिए कांग्रेस सभापतिको शपथ

गगन थापाले लिए कांग्रेस सभापतिको शपथ

images
२०८३ कार्तिक १ गते, शनिवार
२०८३ कार्तिक १ गते, शनिवार
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनियताको सपथ लिएका छन्।

    images

    सभापति थापाले केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउसो शपथ लिएका हुन्।

    images

    शपथ ग्रहणका क्रममा थापाले दुबोको माला लगाएका थिए भने हिन्दु ब्राह्मण बटुकहरूले स्वस्तिवाचन गरेका थिए।

    यसअघि नेपाली कांग्रेसमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले निर्वाचनपछि शपथ लिने प्रचलन नरहेकोमा थापाले सपथ लिंदै पदभारसमेत सुरु गरे।

    थापाको शपथ ग्रहणमा अपनाइएको धार्मिक विधि र त्यसले दिन खोजेको राजनीतिक सन्देशबारे विभिन्न कोणबाट चर्चा हुन थालेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend