शुक्रवार, आश्विन ३० गते २०८३    

शुक्रवार, आश्विन ३० गते २०८३    

काठमाडौँ महानगरपालिकाले सुरु गर्यो मोटरसाइकल एम्बुलेन्स

काठमाडौँ महानगरपालिकाले सुरु गर्यो मोटरसाइकल एम्बुलेन्स

images
२०८३ आश्विन ३० गते, शुक्रवार
२०८३ आश्विन ३० गते, शुक्रवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स प्रयोगमा ल्याएको छ। यी एम्बुलेन्स सञ्चालन गर्न नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, काठमाडौँ प्लाजाबाट सेवा प्रारम्भ गरेकी हुन्।

    images

    ‘एम्बुलेन्स भन्ने वित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारी साधन सोचिन्छ। तर, हामीले जोखिममा रहेका बिरामी भएका ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पुर्याउन यो सेवा थालेका हौँ।’ एम्बुलेन्स हस्तान्तरण अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘ट्राफिक जाम भएका कारण सोचेको समयमा, अपेक्षा गरेको समयमा ४ पाङ्ग्रे एम्बुलेन्स नपुग्न सक्छन्। यस्तो अवस्थामा गोल्डेन आवर (जीवन बचाउन आवश्यक पर्ने एक दुई मिनेटको समय)’ मा रहेका व्यक्तिको जीवन बचाउन दक्ष जनशक्ति बिरामी भएका ठाउँमा छिट्टो पुर्याउन यसप्रकारको सेवा थालेका हौँ।’ 

    images

    एम्बलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्नु, अवस्थालाई थप बिग्रिन नदिनु एम्बुलेन्समा जाने इएमटी (इमर्जेन्सी मेडिकल टीम) को काम हुनेछ। विरामीलाई यति गर्दा गर्दै एम्बुलेन्स आउनेछ। त्यसपछि थप उपचारका लागि अस्पताल लगिनेछ।

    यो एम्बुलेन्सको विकल्प होइन। यसले बिरामी बोक्ने पनि होइन। तर, बिरामीको जीवन बचाउने स्वास्थ्यकर्मीलाई घटना स्थल वा विरामी भएको स्थलमा पुग्न छिटो साधन हो। डंगोलले, बाइक एम्बुलेन्स सञ्चालनमा आएपछि घरमै वा घटना स्थलमै हुने मृत्युको दर घटाउन मद्दत पुग्ने अपेक्षा गरिन।

    बाइक एम्बुलेन्ससँग ‘रेड ब्याग’ हुनेछ। रेड ब्याग भनेको, प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने सबै खालका एकसरो सामान, साधन तथा उपकरण भएको झोला हो।

    त्यस क्रममा बोल्दै नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले भने, ‘आकस्मिक स्वास्थ्य सेवाका लागि काठमाडौँ महानगरपालिकाको लगानीबाट मानिसहरुले जीवन प्राप्त गरिरहेको धारणा राखे।’ बाइक एम्बुलेन्स प्रयोगका बिषयमा उन्क्ले भने, ‘यसको प्रयोग र लाभलाई घटनाको विवरण र तथ्यमा राखेर महानगरपालिकालाई प्रदान गर्नेछौँ।’

    ‘यो कार्यवाहक प्रमुखको अर्गानिक सोच हो। यसबाट नागरिकलाई प्रत्यक्ष लाभ हुनेछ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. ले भने, ‘परीक्षण अवधिको समीक्षापछि यसको विकास र विस्तारको योजना बनाइनेछ।’

    बाइक एम्बुलेन्स सञ्चालनका लागि आज नै द्विपक्षीय सम्झौता भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend