मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो

बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो

images
२०८३ आश्विन २५ गते, आइतवार
२०८३ आश्विन २५ गते, आइतवार
  • काठमाडौं। बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनालाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट फौज परिचालन गरिएको छ।

    images

    नेपाली सेनाका अनुसार २०८३ असोज २५ गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट ९५ जनाको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये जगतबाट १७ जना, यारुबाट २२ जना, ठूलोढुङ्गाबाट १३ जना, दोभानबाट ३ जना, फिलिमबाट २ जना, न्याक्फेदीबाट १७ जना, पायुबाट १२ जना, नामरुङबाट ३ जना, देङ्गबाट ३ जना र धौलीबाट ३ जना रहेका छन्।

    images

    उद्धार गरिएकामध्ये ९ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको छ।

    यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीसमेत परिचालन गरिएको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend