मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लुम्बिनी पुगिन स्वास्थ्य मन्त्री, सेवा सुदृढीकरणबारे छलफल

लुम्बिनी पुगिन स्वास्थ्य मन्त्री, सेवा सुदृढीकरणबारे छलफल

images
२०८३ आश्विन २२ गते, बिहिवार
२०८३ आश्विन २२ गते, बिहिवार
  • बुटवल। लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी र सुदृढ बनाउने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, स्वास्थ्य सचिव विकास देवकोटा र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानसहितको टोलीले प्रदेशका स्वास्थ्य मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ।

    images

    भेटघाटका क्रममा प्रदेशको स्वास्थ्य संरचना, विद्यमान समस्या तथा चुनौती, स्वास्थ्य सेवा प्रवाहको अवस्था लगायतका विषयमा छलफल भएको थियो।

    images

    संघ र प्रदेशबीच प्रभावकारी समन्वय कायम गर्दै स्वास्थ्य सेवाको गुणस्तर तथा पहुँच थप विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

    छलफलमा प्रदेशको स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरी आवश्यक सुधारका लागि संघ–प्रदेश सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend