बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

भारत लैजादै गरिएका २५ जना बालबालिकाको सिमानाकाबाट उद्धार

भारत लैजादै गरिएका २५ जना बालबालिकाको सिमानाकाबाट उद्धार

images
२०८३ आश्विन २९ गते, बिहिवार
२०८३ आश्विन २९ गते, बिहिवार
  • कञ्चनपुर। हुम्लाको सिमकोट गाउँपालिका–८ स्याँडा गाउँका २५ जना बालबालिकालाई भारत लैजाँदै गर्दा उद्धार गरिएको छ।

    images

    भारत लैजाँदै गरेको अवस्थामा स्याँडा गाउँका २५ जना बालबालिकालाई बिहीबार बिहान कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको बनबासास्थित चेक पोष्टबाट उद्धार गरिएको हो।

    images

    अभिभावकसंग नभई अपरिचित व्यक्तिसँग बालबालिका भारत जान लागेको सूचना पछि २५ जना बालबालिकालाई उद्धार गरिएको प्रहरी नायव उपरीक्षक शंकर खड्काले जानकारी दिए।

    उनीहरूलाई तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए।

    नेपालबाट भारत छिरिसकेपछि बालबालिकालाई भारतीय सीमा सुरक्षाकर्मीले सोधपुछ गरेर रोकेको थियो। त्यसपछि शंकास्पद लागेपछि बालबालिकालाई भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो।

    हाल ती बालबालिकालाई कञ्चनपुर प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीका अनुसार २५ जना बालबालिका १० वर्षभन्दा कम उमेरका छन्।

    बालबालिकालाई हुम्लाका पञ्चवीर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लैजाँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालबालिकालाई भारत लैजाने बुढाविरुद्ध मानव वेचविखविरुद्धको मुद्धा दर्ता गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend