रसुवा। नेपाल रेडक्रस सोसाइटीले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (UNFPA) को सहकार्यमा रसुवाको गोसाईकुण्ड गाउँपालिकाका बाढी प्रभावित ४९ जना गर्भवती तथा सुत्केरी महिलालाई नगद सहयोग वितरण गरेको छ।
बाढीबाट प्रभावित महिलाको स्वास्थ्योपचार तथा आवश्यक खर्च व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले कुल ७ लाख ३५ हजार नगद सहायता उपलब्ध गराइएको हो।
यस सहयोगबाट बाढी प्रभावित गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्यसम्बन्धी आवश्यक सेवा लिन तथा दैनिक आवश्यकताहरू पूरा गर्न राहत पुग्ने अपेक्षा गरिएको छ।
यसअघि पनि नेपाल रेडक्रस सोसाइटीले रसुवा र नुवाकोटका बाढी प्रभावितहरुलाई सहयोग गर्दै आइरहेको छ।



