बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अभियान नै चलाएर सिकलसेल एनिमिया परीक्षण गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

अभियान नै चलाएर सिकलसेल एनिमिया परीक्षण गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

images
२०८२ मंसिर २० गते, शनिवार
२०८२ मंसिर २० गते, शनिवार
  • काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अभियान नै चलाएर पाँच हजार ब्यक्तिमा सिकलसेल एनिमियाको परीक्षण गर्ने तयारी गरेको छ।

    images

    शुक्रबार दाङका १० वटै पालिकाका जनप्रतिनिधिकाबिचमा भएको छलफलपछि प्रतिष्ठानले अभियान नै चलाएर पाँच हजार ब्यक्तिको सिकलसेल एनिमियाको परीक्षण गर्ने तयारी गरिएको जानकादिएको हो। 

    images

    प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार शनिबारदेखि अभियान सुरु हुनेछ। सिकलसेल परीक्षण मेसिन सञ्चालनका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ।

    लम्सालले प्रतिष्ठानले ३१५ जना सिकलसेल पीडितलाई औषधी र उपचार सेवा दिइँदै आएकोसमेत जानकारी दिए। एकै घरका चार सदस्यमा पनि सिकलसेल भेटिएको र यो रोग थारु, योगी तथा दलित समुदायमा बढी देखिएको उनी बताउँछन्।

    यस्तै, प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीका अनुसार अब सिकलसेल परीक्षणका लागि जिल्ला बाहिर जानू पर्ने बाध्यता हटेको बताए। यो परीक्षण सुरु हुँदा बिरामीलाई सहज हुने उनको दाबी छ।

    प्रा. लम्सालले बालबालिकादेखि वृद्धसम्म पाँच हजार जनाको स्वास्थ्य परीक्षणबाट हालको अवस्थाको तथ्याङ्क सङ्कलन गर्न सकिने र भविष्यमा अध्ययन तथा अनुसन्धानका लागि समेत उपयोगी हुने बताए।

    “सिकलसेल एनिमिया वंशाणुगत रोग हो, खानपानका कारणले हुने होइन, यस रोगमा रगतका कोषिका हसियाको आकारमा परिणत हुने भएकाले शरीरमा रगतको कमी, जण्डिस, हड्डी दुख्ने, पेट दुख्ने, र निमोनिया हुने जस्ता समस्या देखिन्छन्।’’ प्रा. लम्सालले भने।

    सो रोगको स्थायी उपचार भने नरहेको उनी बताउँछन्। तर समयमै परीक्षण र औषधी उपचार गरेमा नियन्त्रण गर्न सकिने चिकित्सकहरूको भनाइ छ।

    त्यसका लागि नियमित रगत परीक्षण, फोलिक एसिड सेवन, खोप र पानी तथा झोलिलो खानेकुरा लिन चिकित्सकहरु सुझाउँछन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend