मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसको मतगणना द्रूतगितमा, आज २५ समूह बनाएर गणना

कांग्रेसको मतगणना द्रूतगितमा, आज २५ समूह बनाएर गणना

images
२०८३ आश्विन २७ गते, मंगलवार
२०८३ आश्विन २७ गते, मंगलवार
  • काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ । 

    images

    बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । 

    images

    दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने ४ क्लस्टरको मतगणना जारी छ। अरु छ क्लस्टरको गणना शुरू गर्ने तयारी भइरहेको उनको भनाइ छ। 

     निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरूको पनि गणना पूरा भएको छ।

    यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदहरूको मतगणना अहिले उत्साहजनक रूपमा जारी रहेको छ। हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदहरूको मत गनिँदै छ। 

    साथै, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्यहरू तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदहरूको मतगणना पनि तीव्र रूपमा भइरहेको छ।

    मतगणनालाई थप गति दिँदै बाँकी रहेका अन्य क्लस्टरहरूको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ। जसअनुसार धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यहरूको मतगणना पनि थालिँदैछ  ।

    यसका साथै दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्यहरू, अल्पसंख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू, खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू तथा पेशागततर्फको खुला र महिला केन्द्रीय सदस्य पदहरूको मतगणना गर्न पनि तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।

    एकैपटक २५ वटा टोली खटाइएका कारण मतगणना निकै द्रूतगतिमा अघि बढेको छ। यसले गर्दा छिट्टै सबै पदको अन्तिम परिणाम सार्वजनिक हुने र पार्टीले नयाँ तथा सशक्त नेतृत्व पाउने विश्वास गरिएको छ। मतगणना स्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक र सौहार्दपूर्ण उपस्थिति रहेको छ।

    निर्वाचन सिमितिले बुधबारसम्म सबै परिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको जनाएको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend