बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

क्यान्सरका कारण कागेश्वरी मनोहरा ७ का वडाध्यक्ष थापाको निधन

क्यान्सरका कारण कागेश्वरी मनोहरा ७ का वडाध्यक्ष थापाको निधन

images
२०८२ मंसिर १९ गते, शुक्रवार
२०८२ मंसिर १९ गते, शुक्रवार
  • काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको क्यान्सर रोगका कारण निधन भएको छ।

    images

    उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए। ४६ वर्षका उनी पन्ध्र महिनादेखि प्यान्क्रियाज क्यान्सरबाट पीडित थिए।

    images

    थापा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका थिए।

    वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend