बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण सुरु

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण सुरु

images
२०८२ मंसिर १८ गते, बिहिवार
२०८२ मंसिर १८ गते, बिहिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण सुरु गरेको छ।

    images

    महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंसिर १६ गतेदेखि काठमाडौं प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम सुरु गरेको हो। यो कार्यक्रम मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ।

    images

    काठमाडौं महानगरका अनुसार मंसिर २१ गतेसम्म कर्मचारी, मंसिर २२ गते कर्मचारी र जनप्रतिनिधि तथा मंसिर २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय विभाजन गरिएको छ। यस्तै मंसिर २६ गते छुटेका सबैलाई सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।

    सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वाशप्रश्वाससहित दीर्घ रोगको जोखिम उच्च रहेकोले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ।

    सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्धनको नीतिगत शिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ।

    सर्वेक्षणमा उचाइका आधारमा तौल (वीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (वायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास, टोटल बडी वाटरको प्रोफाइल तयार पारिन्छ। यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृति अनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन्। 

    सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, डिजिटल ग्याजेटहरुमा विताउने समय, कार्य स्थलको वातावरण सम्बन्धी विवरण संकलन हुनेछ। 

    मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ। खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ।

    सर्वेक्षणमा सहभागी भर्टेक्स फुड्सका अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीय स्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरु धेरै पाइन्छ। जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन्। यस्ता खानेकुराको मूल्य तुलनात्मक रुपमा सस्तो हुन्छ। आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ।

    महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्‍याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने महानगरपालिकाले योजना बनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend