काठमाडौं। प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रतिबन्धित औषधी ‘ट्रामाडोल’का २९ हजार ६८० क्याप्सुल बरामद गरेको छ।
प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार ठूलो परिणाममा प्रतिबन्धित औषधी ‘ट्रामाडोल’ बरामद गरेको हो।
दुई वटा झोलामा बाँसको झाङभित्र लुकाएर राखिएको अवस्थामा सो लागू औषध फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त सामग्री ओसार–पसारमा संलग्न व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।
यसैबीच, सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले चेकजाँचका क्रममा धरान–१३ बाट प्रतिबन्धित औषधि २७६ चक्कीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेकासँगै प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।



