काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन्।
उनले बुधबार मधेस प्रदेश सभामा आफ्नो राजीनामा घोषणा गरेका हुन्। उनले राजीनामा घोषणा गर्दा विपक्षी दलका लागि राखिएका कुर्सी खाली थिए भने विश्वासको मत माग्ने प्रयोजनका लागि राखिएको बैठक विपक्षी ७ दलले बहिष्कार गरेका थिए।
विपक्षी दलहरूको बहिष्कारकै बिच यादवले आफ्नो राजीनामा घोषणा गरेका हुन्। सो क्रममा उनले खाली कुर्सीसँग विश्वासको मत नमाग्ने भन्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
मुख्यमन्त्री यादवको राजीनामासँगै अब मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि बाटो खुलेको छ।



