बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बिरगंज महानगरको स्वास्थ्य ल्याबबाट साँढे २२ हजार ब्यक्तिले लिए सेवा, १५ वटा थप नयाँ परिक्षण सुरु

बिरगंज महानगरको स्वास्थ्य ल्याबबाट साँढे २२ हजार ब्यक्तिले लिए सेवा, १५ वटा थप नयाँ परिक्षण सुरु

images
२०८२ मंसिर १० गते, बुधवार
२०८२ मंसिर १० गते, बुधवार
  • बिरगंज। बिरगंज महानगरपालिकाले संचालन गरेको स्वास्थ्य ल्याबबाट साँढे २२ हजार नागरिकले सेवा लिएका छन्।

    images

    महानगरपालिकाले संचालन गरेको जनस्वास्थ्य प्रयोगशालाबाट २०८० असोज २८ देखि २०८२ मंसिर ६ गतेसम्मको अवधिमा २२ हजार ५ सय १६ जनाले सेवा लिएको प्रयोगशालाकी इन्चार्ज राधिका कुमारी गुप्ताले जानकारी दिइन्। यो प्रयोगशाला बिरगंज महानगरपालिका–३, मालपोत चोकमा संचालनमा छ।

    images

    प्रयोगशालामा यसअघि ५५ प्रकारका परिक्षण उपलब्ध गराइँदै आइएकोमा गत आइतबारदेखि थप नयाँ १५ प्रकारका स्वास्थ्य जाँचको सेवा उपलब्ध गराइएको छ। 

    आइतबार महानगरप्रमुख राजेशमान सिंहले थप सेवाको शुभारम्भ गर्दै बिरामीहरूलाई सुविधा पुर्‍याउने उद्देश्यले सेवा थप गरिएको बताए।

    नयाँ थप गरिएको सेवामा थाइराइड, बी–१२, एचएस–सीआरपी, टीएसएच लगायतका परीक्षणहरू समावेश छन्। यसअघि यी सेवाको अभावमा बिरामीहरू अन्यत्र जानुपर्ने बाध्यता थियो।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले ल्याब सञ्चालनबाट नागरिकलाई सस्तो दरमा सेवा उपलब्ध गराइएको बताए।

    कर्णका अनुसार ल्याबमा सीबीसी १७५ रुपैयाँ, लिभर फङसन टेस्ट २००, लिपिड प्रोफाइल ३०० रुपैयाँमा परीक्षण गरिन्छ। यो मूल्य निजी ल्याबको भन्दा ७५ प्रतिशत कम रहेको उनको दाबी छ। यसैगरी थाइराइड परिक्षण ५५० रुपैयाँमा उपलब्ध गराइने उनी बताउँछन्।

    त्यसैगरी, ज्येष्ठ नागरिक, मृगौला पीडित, क्यान्सर पीडित, एचआईभी संक्रमित, सहिद परिवार, मधेस आन्दोलनका घाइते र विपन्न परिवारलाई ल्याबमा ९० प्रतिशत छुट उपलब्ध हुनेछ भने अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट प्राप्त गर्नेछन्।

    महानगरप्रमुख सिंहले बिरामीको चाप बढेको देखेर भविष्यमा चारवटा नमूना संकलन केन्द्र स्थापना गरी सेवा अझ विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend