बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

कांग्रेसको खुला केन्द्रीय सदस्यमा अहिलेसम्म कसले कति मत पाए?

कांग्रेसको खुला केन्द्रीय सदस्यमा अहिलेसम्म कसले कति मत पाए?

images
२०८३ आश्विन २८ गते, बुधवार
२०८३ आश्विन २८ गते, बुधवार
  • काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत अहिले केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। खुला केन्द्रीय सदस्यतर्फको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्।

    images

    बुधबार बिहानसम्म २ हजार ७ सय मत गणना हुँदा महर्जनले २ हजार ८९ मत पाएका छन्।

    images

    यसैगरी निश्कल राई २ हजार १६ मतसहित दोस्रो स्थानमा रहँदा क्रमशः डा. गोविन्दराज पोखरेलले १८ सय २७, इन्द्रबहादुर बानियाँले १७ सय ६४ र जितनारायण श्रेष्ठले १७ सय ९ मत प्राप्त गरेका छन्।

    त्यस्तै, मोहन आचार्यले १६ सय २८ र प्रवल थापाले १६ सय ४ मत पाएका छन् भने राजिव कोइराला १५ सय २६, हिमाल दत्त श्रेष्ठ १५ सय ३४ र गणेश लामाले १४ सय ८६ मत पाएका छन्।

    कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। अरु कसले कति मत पाए हेरौं।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend