सोमवार, कार्तिक २ गते २०८३    

सोमवार, कार्तिक २ गते २०८३    

पोखरा एभेन्जर्स सुदूरपश्चिमसँग १८ रनले पराजित

पोखरा एभेन्जर्स सुदूरपश्चिमसँग १८ रनले पराजित

images
२०८२ मंसिर ५ गते, शुक्रवार
२०८२ मंसिर ५ गते, शुक्रवार
  • काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनको विजय हासिल गरेको छ। 

    images

    आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिला बलिङ गरेको पोखरा सुदूरपश्चिमसँग १८ रनले पराजित बनेको हो।

    images

    सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रनमा सिमित भयो।

    पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय खेले तर जित हासिल गर्न सकेनन्। यस्तै, कुशलले ३२ बलमा ५३ रन, जिम्मी निशमले ४७ रन, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रन बनाए। यसैगरी आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे।

    बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एकएक विकेट लिए

    सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए भने ब्राउनले विनोद भण्डारीसँग १०८ रनको साझेदारी गरे। विनोद ४३ रन, क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रन बनाए।

    बलिङमा पोखराका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए। ड्यान डाउथवैट र आकाश चन्दले दुई/दुई विकेट लिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend