बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

शैक्षिक भ्रमणमा आएको बस पाल्पाको रानीमहल नजिक दुर्घटना, ११ जना घाइते

शैक्षिक भ्रमणमा आएको बस पाल्पाको रानीमहल नजिक दुर्घटना, ११ जना घाइते

images
२०८२ मंसिर ५ गते, शुक्रवार
२०८२ मंसिर ५ गते, शुक्रवार
  • पाल्पा। पाल्पाको रानीमहल नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। 

    images

    दाङबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना भएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय पाल्पाले दुर्घटनामा परेर बसमा सवार ११ जना घाइते भएको बताएको छ। घाइते सबैको अवस्था सामान्य छ।

    घाइते हुनेहरूमा दाङ राजापुर–४, का ४० वर्षीय सत्रुघन गुप्ता, राजापुर–५ का १२ वर्षीय सन्ध्या भण्डारी, राजापुर–६, का १८ वर्षीया दिलकुमारी रावत, सोही स्थानकी १० वर्षीया सन्तोषी चौधरी छन्। 

    यस्तै राजापुर–६, का १९ वर्षका अजय नेपाली, राजापुर ५ का २३ वर्षीया सिर्जना यादव, ५ कै १३ वर्षका आयुष भण्डारी, १५ वर्षका अभिषेक यादव, दाङ घोराही उपमहानगरपालिका–९ का ३५ वर्षका वसन्त योगी, वडा १४ का ३५ वर्षका सन्तोष ढकाल र २२ वर्षका दामोदर रेउले घाइते भएको प्रहरीले जनाएको छ।

    ओरालो सडक रहेका कारण बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।

    घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार तानसेनस्थित मिसन अस्पतालमा भइरहेको उनले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend