काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को
कार्यालयमा बसेको परिषद्को बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको थियो।
बैठकले फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री परिषद्को अध्यक्ष हुने ब्यवस्था छ। प्रधानमन्त्री शुशीला कार्कीको अध्यक्षतामा बैठक बसेको थियो।




