बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

लयमा फर्कदै सिमरा, हवाइ उडान सुचारु

लयमा फर्कदै सिमरा, हवाइ उडान सुचारु

images
२०८२ मंसिर ४ गते, बिहिवार
२०८२ मंसिर ४ गते, बिहिवार
  • सिमरा। नेकपा एमालेका कार्यकर्ता र जेन-जी युवाहरूको झडपपछि बिथोलिएको सिमराको वातावरण बिहीबार दिउसोबाट सामान्य अवस्थामा फर्कदैं छ।

    images

    हिजो बुधबार सिमरा बिहानैदेखि तनावग्रस्त थियो। स्थानीय प्रशासनले सिमरा आसपास हिजो कर्फ्यु नै लगाउनु पर्ने अवस्था बनेको थियो।

    images

    सिमरा विमानस्थलमा प्रदर्शनकारीले आक्रमण गर्ने खतरा बढेपछि बाक्लो संख्यामा प्रहरी परिचालन नै गरिएको थियो। नेकपा एमालेका नेता महेश बस्नेत सिमरा विमानस्थल हुँदै आउने भएपछि बिहानैबाट दुबैपक्ष बिचमा हातहालाहालको अवस्था थियो।

    आज बिहीबार पनि सिमरामा कर्फ्यु आदेश जारी छ। आज बिहान जेन-जीका युवाहरू प्रदर्शनमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरे पनि दिउसोबाट प्रदर्शन तथा नारावाजी रोकिएको छ।

    अहिले सिमरा बजारमा छिटपुट रुपमा सर्वसाधारण हिड्डुल गरिरहेका छन्। बजारका अधिकांश पसल बन्द छन्। 

    यसैबीच आज सिमराबाट हुने हवाइ उडान संचालनमा छ। सिमराबाट आज दिउँसो ३ बजेसम्म तीन वटा उडान भएका छन्।

    सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले आज बिहानदेखि उडान भइरहेको जानकारी दिएका हुन्।

    फोटो: मोहन कार्की/ सिमरा

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend