बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मधेस प्रदेशका सभामुख पदमुक्त

मधेस प्रदेशका सभामुख पदमुक्त

images
२०८२ मंसिर ३ गते, बुधवार
२०८२ मंसिर ३ गते, बुधवार
  • काठमाडौं। प्रदेश सभाबाट महाअभियोग पारित भएपछि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्।

    images

    गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले प्रदेश सभामा सभामुख मण्डलविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।

    images

    बुधबार बसेको प्रदेश सभाको बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल पश्चात मत विभाजन गरिएकोमा पक्षमा ७६ सांसदले मत दिएका थिए भने विपक्षमा सून्य मत परेको थियो। बैठकमा कुल ७८ जना सांसद उपस्थित थिए।

    मत बिभाजनपछि उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराएकी थिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend