बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मधेश प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुखको कदममा उपसभामुखको `ब्रेक´

मधेश प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुखको कदममा उपसभामुखको `ब्रेक´

images
२०८२ कार्तिक २८ गते, शुक्रवार
२०८२ कार्तिक २८ गते, शुक्रवार
  • सर्लाही। मधेश प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको कदममा उपसभामुख बबिता कुमारी राउतले ब्रेक लगाइदिएकी छन्।

    images

    प्रदेश सभामा सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उनले अधिकारको दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ। 

    images

    सभामुख मण्डलले बिहीबार पाँच सांसदलाई नियमित रुपमा १० पटकभन्दा बढी प्रदेश सभा बैठकमा अनुपस्थित भएको भन्दै कानुन अनुसार पदमुक्त गरेको बताएका थिए।

    पदमुक्त हुनेमा जसपाका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसद थिए। सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेको सूचना जारी गरेका थिए।

    सभामुखको सो कदमप्रति उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने भनेकी हुन्।

    उपसभामुखले जारी गरेको पत्रमा पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिएको उल्लेख छ।

    यस्तो छ सभामुख र उपसभामुखको फरकफरक पत्र

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend