बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कागेश्वरी मनोहरामा विद्यार्थीहरुको आँखा जाँच, १९ जनाको आँखामा समस्या

कागेश्वरी मनोहरामा विद्यार्थीहरुको आँखा जाँच, १९ जनाको आँखामा समस्या

images
२०८२ कार्तिक २३ गते, आइतवार
२०८२ कार्तिक २३ गते, आइतवार
  • काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै आँखा परीक्षण गरेको छ।

    images

    नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित श्री आनन्द भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको आँखा जाँचमा कुल २२२ जना विद्यार्थीको आँखा परीक्षण गर्दा १९ जनाको आँखामा समस्या देखिएको हो। समस्या देखिएका विद्यार्थीहरुलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ।

    images

    यसैगरी २३ जना विद्यार्थीलाई चस्माको आवश्यकता देखिएपछि नि:शुल्क रुपमा चस्मा समेत उपलब्ध गराइएको नगरपालिकाले बताएको छ।

    आँखा परीक्षणमा सहभागी चिकित्सकहरुका अनुसार बालबालिकाले धेरै मोबाइल प्रयोग गर्दा आँखामा समस्या हुनेक्रम बढेको पाइएको छ। त्यसमा विद्यार्थीहरु धेरै छन्।

    उक्त कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका र बी.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, महाराजगन्जको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले गरेका थिए भने उनकोसमेत आँखा जाँच गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend