बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चौरजहारीमा सेनाको घुम्ती स्वास्थ्य शिविर, ३०४ जनाले लिए सेवा

चौरजहारीमा सेनाको घुम्ती स्वास्थ्य शिविर, ३०४ जनाले लिए सेवा

images
२०८२ कार्तिक २१ गते, शुक्रवार
२०८२ कार्तिक २१ गते, शुक्रवार
  • रुकुम पश्चिम। नेपाली सेनाले आयोजना गरेको घुम्ती स्वास्थ्य शिविरबाट ३०४ जना स्थानीयवासीले सेवा लिएका छन्।
     
    नेपाली सेनाको चण्डीदल गण र नं. १९ फि.ए. गुल्मद्वारा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ स्थित स्वास्थ्य चौकीमा शुक्रबार घुम्ती स्वास्थ्य शिविर आयोजना गरिएको थियो।

    images

    शिविरमा बालबालिका, महिला, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका व्यक्तिहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सुविधा लिएको सेनाले जनाएको छ।

    images

    शिविरमा सामान्य रोगको जाँचदेखि रक्तचाप, मधुमेह, दृष्टि, दन्त, र मातृ–शिशु स्वास्थ्य जस्ता सेवा उपलब्ध थियो।

    कार्यक्रममा नेपाली सेनाका स्वास्थ्यकर्मी, चिकित्सक र नर्सिङ टोलीले सेवा प्रदान गरेका थिए भने स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले सहयोग गरेका थिए।

    सेनाले जनताको स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यका साथ देशका दुर्गम र ग्रामीण क्षेत्रमा यस्ता घुम्ती स्वास्थ्य शिविरहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

    स्थानीय बासिन्दाले नेपाली सेनाको यो पहलप्रति कृतज्ञता व्यक्त गर्दै यस किसिमका स्वास्थ्य सेवाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना र उपचार पहुँच बढाउने विश्वास व्यक्त गरेका छन्।

    पेशागत सेवा र सामाजिक उत्तरदायित्वलाई समान रूपमा अघि बढाउँदै आएको नेपाली सेनाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रम निरन्तर गर्ने जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend