बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पर्यटन प्रवर्द्धन गर्न ठोरीका जेन-जीद्वारा भारतको सीमादेखि चीनको सीमासम्म मोटरसाइकल यात्रा

पर्यटन प्रवर्द्धन गर्न ठोरीका जेन-जीद्वारा भारतको सीमादेखि चीनको सीमासम्म मोटरसाइकल यात्रा

images
२०८२ कार्तिक २० गते, बिहिवार
२०८२ कार्तिक २० गते, बिहिवार
  • काठमाडौं। पर्साको ठोरीका जेन-जी युवाहरुले भारतसँग सिमाना जोडीएको ठोरीको जंगे पिल्लर देखि चीनसँग सिमाना जोडिएको कोरला नाकासम्म मोटरसाइकल यात्रा गरेका छन्।

    images

    ठोरीको पर्यटन प्रवर्द्धन गर्न भन्दै जेन-जी युवाहरुले भारतको सिमानादेखि चीनको सिमानासम्म ४ सय ५० किलोमीटर लामो मोटरसाइकल यात्रा गरेका हुन्। 

    images

    जेन-जी ठोरीका संयोजक सागर पराजुलीको नेतृत्वमा गएको टोलीमा ११ जना जेन-जी युवाहरू सहभागी थिए। उनीहरू कार्तिक १८ गते ठोरीबाट प्रस्थान गरेका थिए। ठोरी, भरतपुर, पोखरा, जोमसोम, मुस्ताङ, अपरमुस्ताङ हुँदै उनीहरु बिहीबार कोरोला नाका पुगेका हुन्।

    जेन-जी ठोरीका संयोजक पराजुलीले भारतबाट आएका पर्यटकलाई ठोरी हुँदै चितवन, पोखरा, मुस्ताङ सहितका पर्यटकीय स्थल जान सकिन्छ भन्ने सन्देश दिन मोटरसाइकल यात्रा आयोजना गरिएको बताए।

    `भारतबाट आएका पर्यटकलाई ठोरीको बाटो हुँदै जंगलको एड्भेन्चरको अनुभव लिंदै चितवन, पोखरा, मुस्ताङ सहितका जिल्लाका पर्यटकीय स्थल जान सकिन्छ भन्ने सन्देश दिन मोटरसाइकल यात्रा आयोजना गरेका हौं, ठोरीबाट चितवन जाँदा जंगल सफारीको यात्रा अविस्मरणीय रहन्छ, यो सन्देश हामीले दिन खोजेका हौं।´  पराजुलीले भने।

    पछिल्लो समय ठोरीले पर्यटकीय गन्तब्यका रुपमा आफुलाई अब्बल बनाउँदै लगेको छ। ठोरीमा स्तरीय होटल तथा रिसोर्ट उल्लेख्य रुपमा संचालनमा आएपछि ठोरी सौराहाको बिकल्प बन्न थालेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend