बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

१५ वर्षीय गर्भवतीलाई हेलिकप्टरबाट उद्धार

१५ वर्षीय गर्भवतीलाई हेलिकप्टरबाट उद्धार

images
२०८२ कार्तिक १९ गते, बुधवार
२०८२ कार्तिक १९ गते, बुधवार
  • काठमाडौं। रुकुमपूर्वकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

    images

    रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट नेपाल प्रहरीको सहायतामा १५ वर्षीय गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरिएको हो। 

    images

    उनलाई अत्यधिक ज्वरो आएको थियो। ज्वरो कम नभएपछि उनलाई मंगलबार बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो। चिकित्सकहरुले सुत्केरी हुने समय आगामी मंसिरका लागि तोकिदिएका छन्। 

    स्वास्थ्य चौकी मैकोटमा चेकजाँच गर्दा उनको अवस्था जटिल भएपछि हेलिकोप्टर मार्फत उद्धार गरेर अन्यत्र लैजान रिफरका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गरिएको थियो।

    पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले बिरामीको धेरै पेट दुख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको बताए।

    उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत मैकोट देखि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend