बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या, बन्चरेडाँडा पुगे कुलमान

काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या, बन्चरेडाँडा पुगे कुलमान

images
२०८२ कार्तिक १६ गते, आइतवार
२०८२ कार्तिक १६ गते, आइतवार
  • काठमाडौं। शहरी विकास मन्त्री कुलमान घिसिङ काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापनमा समस्या आएपछि ल्यानडफिल साइट बन्चरेडाँडा पुगेका छन्।

    images

    मन्त्री घिसिङ काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि समाधानको प्रयासका लागि भन्दै आइतबार बिहानै बन्चरेडाँडा पुगेका हुन्। 

    images

    काठमाडौंमा एक दिन फोहोर ब्यवस्थापनमा समस्या हुँदा दुर्गन्ध फैलिन्छ भने पैदलयात्रीहरु त्यसको मारमा पर्ने गरेका छन्। बन्चरेडाँडाका स्थानीयले पुराना सहमति कार्यान्वयन नभएको भन्दै फोहोर लैजान अवरोध गरेपछि समस्या भएको छ।

    बन्चरेडाँडा पुगेका मन्त्री घिसिङले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएका छन्। काठमाडौं महानगरपालिकाले भने फोहोर ब्यवस्थापनमा समस्या आएको भन्दै काठमाडौंबासीलाई फोहोर घरमा नै राख्न अनुरोध गर्दै आएको छ।

    उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको जिल्लाको सिमाना बन्चरेडाँडामा पर्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend