सोमवार, कार्तिक २ गते २०८३    

सोमवार, कार्तिक २ गते २०८३    

...ती श्रमिकलाई हामी गुमाउन चाहदैनौ अतः यो कारणले…भनेपछि उनी ढले

...ती श्रमिकलाई हामी गुमाउन चाहदैनौ अतः यो कारणले…भनेपछि उनी ढले

images
२०८२ कार्तिक १३ गते, बिहिवार
२०८२ कार्तिक १३ गते, बिहिवार
  • भैरहवा। विद्युत प्रधिकरणले बक्यौता रकम तिर्न बाँकी उद्योगमा धमाधम लाइन्न काट्न थालेपछि कतै समर्थन त कतै विरोध जारी छ। यसैक्रममा बिहीबार एउटा अचम्मको घटना घट्यो। धेरैले त्यो घटनालाई पत्याउन सकिरहेका छैनन्। जहाँ एउटा कार्यक्रममा वक्ता रहेका ब्यक्ति बोल्दाबोल्दै लडे र उनको मृत्यु भयो।

    images

    बिहीबार उद्योगहरुमा विद्युत काटिएको विरोधमा 
    भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि धर्नासहितको विरोध सभा हुँदै थियो। त्यहाँ राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको सम्बोधनको पालो आयो। ६५ वर्षीय गौतमले आफैं माइक समाएर बोक्दै थिए। उनी बोल्दाबोल्दै त्यहीं अचानक ढले।

    images

    गौतम उद्योगीहरुको आन्दोलनमा एक्यबद्धता जनाउँदै भन्दै थिए, ‘यो आन्दोलनलाई सांकेतिक आन्दोलनका रुपमा लिन जरुरी छ, ३५ हजार श्रमिक गुम्दैछन्, ती श्रमिकलाई हामी गुमाउन चाहदैनौ’ अतः यो कारणले…भनेपछि उनी ढले।

    बोल्दा बोल्दै उनलाई असहज भएको जस्तो भिडियोमा देखिन्छ र उनले एउटा हातले माइक समाएर अर्को हातले कतै सहारा खोजेजस्तो गर्छन्। र आफ्नो बोली निरन्तर गर्न खोज्छन्। `अतः यो कारणले…भनेपछि उनी ढल्छन।

    सम्बोधनकै क्रममा ढलेका उनी अचेत हुन्छन्। त्यहाबाट उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइन्छ। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गर्छन।

    यो घटनाको कारण चिकित्सकहरुले उनलाई ह्दयघात भएको अनुमान गरेका छन्। उनी बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन्। २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न उनी हाल उपाध्यक्ष थिए। गौतमका दुई छोरा र श्रीमती छन्।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend