काठमाडौं। सोलुखुम्बुको लोबुचेमा पर्यटकको उद्धारका लागि गएको अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ।
प्रहरीका अनुसार सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान सो हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटनापछि हेलिकप्टरको केही भागमा आगोसमेत लागेको थियो। तर हेलिकप्टरका पाइलट भने सकुशल छन्। हेलिकप्टरमा पाइलट विवेक खड्का मात्रै थिए।
पाइलट खड्काले हेलिकप्टर अवतरण गराउनै लाग्दा चिप्लिएर दुर्घटना भएको हो। सो स्थानमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बनेको छ भने त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले हेलिकप्टर दुर्घटनामा परेका पाइलट कुँवर सकुशल रहेको र हेलिकप्टरमा अन्य यात्रु नरहेको जानकारी दिए।



