काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारका लागि फुल माला विक्री गर्नका लागि ३२ ठाउँ तोकेको छ।
नेपाली किसानले उत्पादन गरेको फूलको सम्मान, मूल्य र बजार सुनिश्चित गरेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिने अभियानलाई निरन्तरता दिँदै कात्तिक १ देखि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३२ ठाउँमा स्वदेशी फूल विक्रीका लागि स्थल उपलब्ध गराएको हो।
स्वदेशी किसानले उत्पादन गरेको फूलले मूल्य नपाएर विदेशी फूलहरुको नेपाली बजार ढाक्दै गएपछि महानगरपालिकाले २०८० सालदेखि तिहार पर्वका अवसरमा स्वदेशी फूल विक्री गर्ने स्थान उपलब्ध गराउँदै आएको छ।
महानगरपालिकाले यो ब्यवस्था गरेसँगै आफ्नो क्षेत्रभित्र प्लाष्टिक र प्लाष्टिकजन्य फूल तथा सजावटका सामान भण्डारण, विक्री तथा प्रयोगमा रोक लगाएको छ ।
यी हुन ३२ ठाउँ
बानेश्वरमा रहेको एन. सेन्टर, शंखमुल, गोङ्गवु, चप्पलकारखाना, र बालुवाटारको रहेको बिगमार्ट, नयाँ बानेश्वरको आइ प्लेक्स मल, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फानेक्स टावस, बानेश्वर कोटेश्वर सडक खण्डको तीनकुने चौर, सिफल चौर, चावहिलमा रहेको एसी कम्प्लेक्स, चावहिलकै गणेशस्थानमा रहेको तरकारी बजारमा फुल विक्री स्थल तोकिएको हो।
यस्तै चुच्चेपाटी नजिक के एल टावर पूर्व, चावहिल सेन्टर अगाडि, स्वयम्भूको धर्मचक्र पार्क, कालीमाटी ब्याङ्क्वेट, कालीमाटीकै द्यौखेल, कलंकी र अनामनगरको भाटभटेनी, बालाजुको भ्याली कोल्ड स्टोरमा पनि स्वदेशी फूल विक्रीका लागि स्थल निर्धारण गरिएको छ।
यसैगरी माछापोखरीमा रहेको बुद्ध मल, माछापोखरीबाट गुणस्तर तथा नापतौल विभागतर्फको गहिरो खाली जमिन, हाँडीगाउँमा वडा भवन अगाडि प्राङ्गण, हाँडीगाउँकै गणेश मन्दिर डवली, खामाखुशीको कोइराला मार्ट, महाराजगञ्जको सेल्सबेरी, कमलादीमा रहेको आइटी भवन, पुतली सडकमा रहेको स्टार मल, सुन्धाराको टेवहाल र काठमाडौँ मल, अद्वैत मार्गमा वडा कार्यालय भवन निर्माण स्थल र न्युप्लाजाको बजरा कम्प्लेक्समा रहेको गुडमार्ट रहेका छन्।



