बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रपति कार्यालयसहित काठमाडौँका पाँच ठाउँमा प्रदर्शन र विरोध गर्न निषेध

राष्ट्रपति कार्यालयसहित काठमाडौँका पाँच ठाउँमा प्रदर्शन र विरोध गर्न निषेध

images
२०८२ आश्विन ३१ गते, शुक्रवार
२०८२ आश्विन ३१ गते, शुक्रवार
  • काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँका विभिन्न पाँच क्षेत्रमा दुई महिनासम्म प्रदर्शन, धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

    images

    प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौंका विभिन्न पाँच क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने गरि निषेध जारी गरेका हुन्।

    images

    विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति हुनसक्ने भनिएको छ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम शीतल निवास लगायत क्षेत्रहरुमा कात्तिक १ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हाे।

    कहाँकहाँ तोकिए निषेधित क्षेत्र?

    १) शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्रः

    उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म,

    पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्क सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म।

    २) हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रः

    केशरमहल चोकदेखि लैनचौर मोड हुदै मल्ल होटलको सिमानासम्म।

    ३) नारायणहिटी दरवार संग्रहालय क्षेत्रः

    केशरमहल चोकदेखी नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म,

    नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटदेखी महेन्द्र सालिकसम्म ।

    ४) सिंहदरबार क्षेत्रः

    भद्रकाली मन्दिर (तिनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म,

    सिंहदरवार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोडसम्म,

    पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,

    सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म,

    पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,

    जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म ।

    ५)  प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रः

    बालुवाटार पवित्र बर्कशप चोकदेखि नेपाल राष्ट्रबैंक हुँदै इटालिया चोक, चिनियाँ दुतावास हुदै भाटभटेनी तर्फको लक्ष्मी बैंक अगाडी ढुंगेधारा सम्म,

    इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रिय सभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म,

    प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म,

    प्रधान न्यायाधीश निवासको मोडदेखि पूर्व दक्षिणतर्फ राष्ट्रिय सभा अध्यक्षको निवासको मोडसम्म,

    राष्ट्रबैंक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend