बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मधेस प्रदेशको मुख्यमन्त्री बने सोनल, ककसले गरे समर्थन?

मधेस प्रदेशको मुख्यमन्त्री बने सोनल, ककसले गरे समर्थन?

images
२०८२ आश्विन २९ गते, बुधवार
२०८२ आश्विन २९ गते, बुधवार
  • बिरगंज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

    images

    नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। 

    images

    मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री चयनका लागि बुधबार दिउँसो ४ः०० बजेसम्मको समय सीमा तोकिएको थियो। प्रदेश प्रमुख भण्डारीले सो समयसीमा तोकेकेमा बुधबार बिहान कांग्रेस एमालेबाहेकका ६ दलले ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुखके उनै सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

    सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

    संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पुर्याउने दलले दिएको उम्मेदवारलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend