काठमाडौं। काभ्रेकाे राेशी गाउँपालिकाअन्तरगत माम्तीखाेला, बुलढुंगा लगायतका सडक एकतर्फी रुपमा सञ्चालनमा आएका छन्।
पहिराेका कारण पूर्ण रुपमा ठप्प रहेकाे विपी राजमार्ग अन्तरगतकाे साे सडक सञ्चालनमा आएकाे प्रहरीले जनाएको छ।
यस्तै मेची राजमार्ग अन्तरगत ईलामकाे राजदुवाली सडक पनि वैकल्पिक मार्गबाट सञ्चालनमा ल्याइएको छ। साे खण्डमा साना सवारी मात्रै आवतजावत गर्नेगरी खुला गरिएको हाे।
तर, रसुवाकाे पासाङ ल्हामु सडकखण्ड अन्तरगत गाेसाईकुण्ड गाउँपालिकाका तीन स्थानमा भने अझै सडक बन्द छ।
यस्तै मेची राजमार्ग अन्तरगतका मकालु र भाेटखाेला गाउँपालिकाका सडक पनि अझै पूर्ण रुपमा अवरुद्ध रहेकाे प्रहरीले जनाएको छ।



