काठमाडौं। बाढी पहिराेका कारण अबरुद्ध बनेका सडकमध्ये अझै चार सडक पूर्णरुपमा अवरुद्ध छन्।
नेपाल प्रहरीका अनुसार काेशी प्रदेशका तीन र बाग्मतीका एक सडक अझै अबरुद्ध रहेका छन्।
प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाकाे भोटखाेला गाउँपालिजा ४ बरुण र कोशी राजमार्ग अन्तर्गत नै मकालु गाउँपालिका ३ को एकुवा सडक, सोही राजमार्ग अन्तर्गत पर्ने ईलामको ईलाम नगरपालिका ९ राजदुवाली भन्ने स्थानको सडक अझै अबरुद्ध छ।
यसैगरी बाग्मती प्रदेश अन्तर्गत रसुवाकाे गाेसाईकुण्ड गाउँपालिका २ र ३ मा पर्ने पासाङह्लामु सडक खण्ड पनि पहिरोका कारण ठप्प रहेकाे प्रहरीले जनाएको छ।
काभ्रेको राेशी गाउँपालिकाकाे पहिराेका कारण अबरुद्ध बनेको बिपी राजमार्ग भने शुक्रबारबाट एकतर्फी रुपमा संचालनमा आएको प्रहरीले जनाएको छ।



