बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

इलाममा युवाको आक्रोश, मेयरलाई नै दिए 'राहत'

इलाममा युवाको आक्रोश, मेयरलाई नै दिए 'राहत'

images
२०८२ आश्विन २४ गते, शुक्रवार
२०८२ आश्विन २४ गते, शुक्रवार
  • इलाम। गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री दिएका छन्।

    images

    भीषण वर्षातपछि आएको पहिरोले देउमाईका धेरै बासिन्दाको जनजीवन कष्टकर बनाएको छ।पीडितहरू गाँस, बास र कपासको ठेगान नभएर मारमा परेका छन्।

    images

    पहिरोमा परेर देउमाई नगरपालिकामा मात्रै ८ जनाको निधन भएको थियो। यस्तै करिब १०० घरमा क्षति पुगेको थियो।

    तर, नगरपालिकाले समयमै राहत वितरण गर्न नसकेको र वितरण गरिएका सीमित राहत पनि मेयरको कार्यकक्षमै बोलाएर सीमित व्यक्तिहरूलाई मात्रै दिएको भन्दै युवाहरू आक्रोशित बनेका हुन्।

    राहत वितरणमा मात्र नभई अन्य विकासका काममा पनि अत्यधिक ढिलासुस्ती भएको भन्दै विरोध स्वरूप देउमाईका स्थानीय युवाले आफैँले खरिद गरेका राहत सामग्रीहरू नगरपालिकाका मेयरलाई नै हस्तान्तरण गरेको जानकारी दिएका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend